गुरु बराललाई एमालेको समानुपातिक सूचीमा पहिलो नम्बर
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । एमालेको ११औँ महाधिवेशनमा उपाध्यक्ष र केन्द्रीय सदस्यको उम्मेदवारको रूपमा पराजित गुरु बराललाई पार्टीले नयाँ अवसर प्रदान गरेको छ। पार्टीका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिक सूचीको पहिलो नम्बरमा बराललाई राख्ने निर्णय गरेका छन्।
समानुपातिक सूचीमा बराललाई खस आर्य क्लस्टरबाट पहिलो नम्बरमा राखिएको छ । महाधिवेशनमा बरालले केन्द्रीय सदस्यमा ७५४ र उपाध्यक्षमा ११३७ मत प्राप्त गरेका थिए । जुन अन्य उम्मेदवारहरूको तुलनामा निकै कम थियो। तर, उनले पार्टीका अध्यक्ष ओलीसँग विशेष विश्वास प्राप्त नेताका रूपमा परिचय बनाएका छन् । जसको परिणाम स्वरूप उनलाई समानुपातिक सूचीमा स्थान दिइएको हो।
बराल,ओली प्यानलका सदस्य थिए । महाधिवेशनमा पराजित भएता पनि पार्टीका उच्च नेतृत्वसँगको निकटता र संगठनमा पुर्याएको योगदानको कारण उनले यो स्थान पाएका हुन्। पार्टीका अन्य केन्द्रीय सदस्यहरूले साढे नौ सयभन्दा बढी मत ल्याएर जित हासिल गरेका थिए ।













