जसपा नेपालमा नयाँ एकता: अशोक राई नेतृत्वका नेताहरू फर्किए
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । जसपा सहअध्यक्ष रेणु यादवको नेतृत्वमा बहुमत केन्द्रीय सदस्यहरूले जसपा नेपालमा सामेल हुने घोषणा गरेका छन्।
पार्टीका वरिष्ठ नेता प्रदीप यादवका अनुसार, यस नयाँ घटनाक्रमसँगै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले रेणु यादव र अन्य नेताहरूलाई स्वागत गर्दै एकता घोषणा गरेका छन्।
"हामी सबै मिलेर पार्टीलाई अघि बढाउने उद्देश्य राखेका छौं। यस एकताले जसपा नेपालको भविष्यमा सकारात्मक प्रभाव पार्नेछ," रेणु यादवले भने। उनले थपे, "सामाजिक न्याय र समृद्धिका लागि हामी एकजुट भएका हौं।" जसपा फर्किएका नेताहरू रेणु,प्रदीप लगायतलाई जसपा अध्यक्ष उपेन्द्र यादवले स्वागत गरेका छन् ।
अध्यक्ष उपेन्द्र यादव र रेणु यादवले संयुक्त विज्ञप्ति जारी गर्दै जसपासँग एकता गरेको जानकारी गराएका छन् । यसअघि राजेन्द्र श्रेष्ठ लगायतका नेताहरूले पनि अशोक राई नेतृत्वको जसपा छाडेर नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेका थिए ।













