समानुपातिक उम्मेदवारको सूचीमा नेताका नजिकका व्यक्तिहरु पर्छन्ः गोकुल बास्कोटा

User Image Prime TV News २ हप्ता अगाडि
Image of समानुपातिक उम्मेदवारको सूचीमा नेताका नजिकका व्यक्तिहरु पर्छन्ः गोकुल बास्कोटा

काठमाडौ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले समानुपातिक उम्मेदवारको सूचीमा नेताका नजिकका व्यक्तिहरुको समावेश हुनुको विषयलाई व्यंग्य गर्दै टिप्पणी गरेका छन्। दलहरुले समानुपातिक उम्मेदवारको सूची आयोगमा बुझाउने तयारी गरि रहदा बास्कोटाले यस विषयमा आफ्नो धारणा व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै बास्कोटाले भने, "समानुपातिकमा कसलाई दोहोर्‍याइयो, कसलाई तेहर्‍याइयो? कुन जिल्लाबाट कति परे? नातागोता को परे? भुँइका कति परे? अरु के परे? त्यसमा किन बहस?" उनले यसलाई व्यर्थको बहस भएको उल्लेख गरेका छन् । 

बास्कोटाले थप भने, "नेतालाई लागेको मान्छे पर्ने भएकाले यसमा बहस व्यर्थ छ। जसले सक्छ, उसले गर्छ। नेतालाई लागेको हुन्छ।" यसमा उनले दलका नेताहरुले समानुपातिक उम्मेदवारको सूची बनाउँदा आफ्नो नजिकका व्यक्ति वा विश्वासपात्रलाई प्राथमिकता दिने कुरा स्वाभाविक भएको व्यंग्यात्मक टिप्पणी गरे ।