निर्वाचनको बिकल्प खोजे देशले अर्को दुर्घटनामा पर्न सक्छः प्रचण्ड
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको बिकल्प खोजे देशले अर्को दुर्घटनामा पर्न सक्ने बताएका छन् ।
आज एक कार्यक्रममा प्रचण्डले मुलुकलाई निकास दिन सवैभन्दा राम्रो बिकल्प निर्वाचन भएको भन्दै अन्य बिकल्प खोजे अर्को दुर्घटनामा पर्न सक्ने बताए । उनले राजनीतिक स्थायीत्व र स्थीरताका लागि सवै राजनीतिक दलहरु निर्वाचनमा सहभागी हुने वातावरण बनेको बताए ।
सङ्कटमा परेको राष्ट्रलाई सबै मिलेर निकास दिनुपर्ने भन्दै राज्यलाई अराजकताबाट जोगाएर अघि बढाउने जिम्मेवारी युवापुस्ताको काँधमा आएको उल्लेख गरे । त्यस्तै प्रचण्डले नवयुवा पुस्ता राजनीतिप्रति रुचि राख्दैन भन्ने भ्रम जेनजी आन्दोलनले गलत सावित गरिदिएको भन्दै सचेत र जिम्मेवारीपूर्ण ढङ्गले युवाहरु आन्दोलित हुन चाहेको धारणा राखे ।
शान्तिपूर्ण र लोकतान्त्रिक प्रक्रियामार्फत देशलाई निकास दिन युवाहरुको साथ अपरिहार्य रहेको भन्दै उनले शिक्षा, स्वास्थ्य र रोजगारी राज्यको दायित्वभित्र पर्ने भएकाले त्यस क्षेत्रको सुधार अपरिहार्य भएको उल्लेख गरे ।












