नेपालमा सेयर बजारमा सोमबार ‘करेक्सन’, बजार ०.८८ प्रतिशतले घट्यो

User Image Prime TV News २ हप्ता अगाडि
Image of नेपालमा सेयर बजारमा सोमबार ‘करेक्सन’, बजार ०.८८ प्रतिशतले घट्यो

काठमाडौ । आइतबार उच्च अंकले बढेको बजारमा सोमबार गिरावट आएको छ ।

बजार १०.५३ अंकले घटेर २६२२.८८ बिन्दुमा रोकियो । सोमबारको बजारमा सबै उपसूचकको मूल्य घटेको देखियो, केवल विकास बैंक र म्युचअल फन्ड उपसूचकहरूले सकारात्मक वृद्धि देखाएका थिए। 'अन्य' उपसूचकका लगानीकर्ताले सबैभन्दा बढी ०.८२ प्रतिशत गुमाएका छन्।

यसैगरी, ३ सय ३७ धितोपत्रको ६९ हजार ५ सय ४८ कारोबारबाट १ करोड ३७ हजार ३ सय ७ कित्ता सेयर किनबेच भएको छ। कारोबार रकम पनि घटेको छ । सोमबारको कारोबार रकम ४ अर्ब ७७ करोड ४७ लाख ८६ हजार ३४ रुपैयाँ पुगेको छ ।

जुन आइतबारको ५ अर्ब ५३ करोड १३ लाखको कारोबार रकमभन्दा कम हो। सोमबारको बजारमा एसवाई प्यानल नेपाल लिमिटेडको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेर प्रतिकित्ता ८ सय ८० रुपैयाँ पुगेको छ। अर्कोतर्फ, विन नेपाल लघुवित्त वित्तीय संस्थाको मूल्यमा १० प्रतिशतको गिरावट आएको छ र यसको मूल्य १४९६.१० रुपैयाँ पुगेको छ।

सोमबारको कारोबारमा सुपर मादी हाइड्रो, मानुषी लघुवित्त वित्तीय संस्था, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, र एनआईसी एसिया बैंकका धितोपत्रको मूल्यमा गिरावट आएको छ। यसपटकको ‘करेक्सन’ को कारणले बजारमा अस्थिरता देखा परेको छ।