राष्ट्रिय स्वतन्त्र पार्टीको प्रिइलेक्सन नतिजा सार्वजनिक, रमेश प्रसाई पहिलो स्थानमा

User Image Prime TV News २ हप्ता अगाडि
Image of राष्ट्रिय स्वतन्त्र पार्टीको प्रिइलेक्सन नतिजा सार्वजनिक, रमेश प्रसाई पहिलो स्थानमा

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रिइलेक्सन नतिजा सार्वजनिक गरिएको छ।

नतिजा अनुसार, पार्टीका प्रमुख उम्मेदवार रमेश प्रसाई १८,२२३ मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित भएका छन्।दोस्रो स्थानमा प्रमोद न्यौपाने १४,१६७ मत प्राप्त गर्दै र तेस्रो स्थानमा रञ्जु दर्शना १३,५५१ मत प्राप्त गर्दै निर्वाचित भएका छन्।

यसका साथै, चौथो स्थानमा टिका संग्रौला (ज्वाला) १३,१०६ मत प्राप्त गर्दै, पाँचौँ स्थानमा लिमा अधिकारी १२,७६० मत प्राप्त गर्दै, र छैटौँ स्थानमा समीक्षा बास्कोटा १२,४६० मत प्राप्त गर्दै निर्वाचित भएका छन्। सातौँ स्थानमा विपिनकुमार आचार्य १२,२४५ मत प्राप्त गर्दै, आठौँ स्थानमा क्रान्ति शिखा धिताल ११,७८१ मत प्राप्त गर्दै, र नवौँ स्थानमा प्रतिभा रावल ११,७२१ मत प्राप्त गर्दै निर्वाचित भएका छन्।

आदिवासी जनजाति तर्फ, उत्तम बहादुर गुरुङ १६,०१२ मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित भएका छन्। दोस्रो स्थानमा गायिका सत्इकला राई १४,२०१ मत प्राप्त गर्दै, तेस्रो स्थानमा टासी लाजोम १३,०७३ मत प्राप्त गर्दै र चौथो स्थानमा मिलन लिम्बु १३,०५९ मत प्राप्त गर्दै निर्वाचित भएका छन्।

दलित वर्ग तर्फ, विजय जैरु १३,१४३ मत प्राप्त गर्दै पहिलो स्थानमा, अमृता विक १०,७३२ मत प्राप्त गर्दै दोस्रो स्थानमा, सविना विश्वकर्मा १२,८५६ मत प्राप्त गर्दै तेस्रो स्थानमा, स्मृति सेन्चुरी १२,७१० मत प्राप्त गर्दै चौथो स्थानमा र अविता नेपाली १२,२८५ मत प्राप्त गर्दै पाँचौँ स्थानमा निर्वाचित भएका छन्।

मधेशीतर्फ, पुनमकुमारी अग्रवाल १५,७४५ मत प्राप्त गर्दै पहिलो स्थानमा, डा. अंकिता ठाकुर १२,३२२ मत प्राप्त गर्दै दोस्रो स्थानमा र ममता शर्मा ११,६३० मत प्राप्त गर्दै तेस्रो स्थानमा निर्वाचित भएकी छन्।

थारु क्षेत्र तर्फ, प्रेमलाल चौधरी १७,४२५ मत प्राप्त गर्दै पहिलो स्थानमा, चुमन चौधरी १३,६१३ मत प्राप्त गर्दै दोस्रो स्थानमा र पुष्पाकुमारी चौधरी १३,५३५ मत प्राप्त गर्दै तेस्रो स्थानमा निर्वाचित भएकी छन्।

मुस्लिम क्षेत्र तर्फ, समिना मिया १५,९६७ मत प्राप्त गर्दै पहिलो स्थानमा, अख्तर हुसैन १५,१५७ मत प्राप्त गर्दै दोस्रो स्थानमा र मोहम्मद हसरत अली १४,४६३ मत प्राप्त गर्दै तेस्रो स्थानमा निर्वाचित भएका छन्।