पूर्वगृहमन्त्री रमेश लेखकले दिए आयोगमा बयान (पूर्णपाठसहित)

User Image Prime TV News २ हप्ता अगाडि
Image of पूर्वगृहमन्त्री रमेश लेखकले दिए आयोगमा बयान (पूर्णपाठसहित)

काठमाडौ । पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको घटनासम्बन्धी छानबिन आयोगमा सोमबार आफ्नो लिखित धारणा पेस गरेका छन्।

उनले पेश गरेको जवाफमा गृहमन्त्रीको भूमिका केवल नीतिगत निर्देशन दिनेमात्र भएको र अपरेशनल कमान्ड भने सुरक्षा अधिकारीहरूको हातमा हुने उल्लेख गरेका छन् । त्यसैले उनले कुनै पनि समयमा गोली चलाउने वा बल प्रयोग गर्ने आदेश नदिएको दाबी गरेका छन्।

लेखकले यस घटनालाई "लोकतन्त्र सिध्याउने सुनियोजित षड्यन्त्र" का रूपमा उल्लेख गर्दै, घटनामा युवाहरूको ज्यान गुम्नु आफूलाई अत्यन्त मर्माहत बनाएको बताएका छन्। उनले घटना पश्चात नैतिकताको आधारमा तत्काल राजीनामा दिएको स्मरण पनि गराएका छन्।

यो घटना राजनीतिक रूपमा अत्यन्त संवेदनशील रहेको छ र यसले नेपाली समाजमा ठूलो विवाद र छलफलको जन्म दिएको छ।