डा. प्रकाशचन्द्र लोहनी राप्रपाको समानुपातिक बन्द सुचीमा नपर्ने
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यसम्पादन समितिले आज डा. प्रकाशचन्द्र लोहनीलाई पार्टीको समानुपातिक बन्द सुचीमा समावेश नगर्ने निर्णय गरेको छ।
बैठकमा गरिएको मतदानमा १८ मत नकारात्मक र १४ मत सकारात्मक भएपछि लोहनीको उम्मेदवारी अस्वीकृत गरिएको हो। राप्रपाको कार्यसम्पादन समितिमा डा. लोहनीलाई समानुपातिक सांसदको लागि बन्द सुचीमा समावेश गर्ने या नगर्ने विषयमा विवाद उत्पन्न भएको थियो।
यस विवादको समाधानको लागि आज मतदान भएको थियो । बैठकमा दुई मत बदर भएको थियो । डा. प्रकाशचन्द्र लोहनी पहिले राष्ट्रिय जनशक्ति पार्टीबाट समानुपातिक सांसद बनेका थिए । राप्रपामा सामेल भएपछि आफूलाई पार्टीको समानुपातिक बन्द सुचीमा समावेश गर्नुपर्ने माग राख्दै आएका थिए।













