खेलकुद क्षेत्रमा राजनीति हावी भएको छः जीवनराम श्रेष्ठ

User Image Prime TV News २ हप्ता अगाडि
Image of खेलकुद क्षेत्रमा राजनीति हावी भएको छः जीवनराम श्रेष्ठ

काठमाडौ । नेपाल ओलम्पिक कमिटी अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुद क्षेत्रमा राजनीति हावी भएको बताएका छन् ।

सोमबार काठमाडौंमा एनओसीको २१ औं साधारणसभाको उद्घाटनका क्रममा अध्यक्ष श्रेष्ठले खेल क्षेत्रमा राजनीति हावी भएका कारण अधिकांश विवादहरु अदालतमा पुगेको भन्दै यसले समग्र खेलकुदमा नै असर परिरहेको बताए ।

एनओसीभित्र पनि अनावश्यक विवादका कारण आफ्नै घर हुँदा हुँदैपनि घरवारबिहीन हुनपुगेको भन्दै उनले नेपालको खेलकुलको बिकासका लागि प्रतिकुलताकाबीच पनि एनओसी सक्रिय भएर लागिरहेको उल्लेख गरे ।

अध्यक्ष श्रेष्ठले नेपालमा ओलम्पिकलाई चिनाउने काम आफुहरुले गरेको दावी गर्दै अन्तराष्ट्रिय जगतले पनि नेपालको ओलम्पिकलाई सकारात्मक रुपमा हेरिरहेको बताए ।