रास्वपा र उज्यालो नेपाल एकीकरण: कुलमान वरिष्ठ उपसभापति ( सहमति पत्र सहित)
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीच एकीकरण भएको छ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको साक्षीमा रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
एकीकरणअघि बालेन शाह, रवि लामिछाने र कुलमान घिसिङबीच राजनीतिक दिशा, संगठन विस्तार र नेतृत्व संरचनाबारे गम्भीर छलफल भएको थियो। छलफलपछि दुवै पक्षबीच सात बुँदे सहमति कायम भएको जनाइएको छ।
सहमति अनुसार कुलमान घिसिङलाई रास्वपाको वरिष्ठ उपसभापतिको जिम्मेवारी दिइनेछ भने उज्यालो नेपाल पार्टीका महामन्त्रीलाई रास्वपाकै महामन्त्री बनाइनेछ। यसले पार्टीभित्र शक्ति सन्तुलन पुनःसंरचना गर्ने संकेत गरेको छ।
कमलपोखरीस्थित रास्वपाका नेता असिम शाहको कार्यालयमा सम्पन्न वार्ताले लामो समयदेखि चर्चा हुँदै आएको एकीकरणलाई औपचारिकता दिएको हो।













