एमालेले बुझायो समानुपातिक बन्दसूची, अन्तिम घडीमा ओलीले फेरबदल गरेपछि बादल अगाडि
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । नेकपाले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। अध्यक्ष केपी शर्मा ओलीले सूचीलाई अन्तिम रूप दिँदै केही नाममा फेरबदल गरेका हुन्।
आदिवासी जनजाति क्लस्टरतर्फ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई पहिलो नम्बरमा राखिएको छ। यसअघि आइतबार बसेको सचिवालय बैठकले पारित गरेको सूचीमा पहिलो स्थानमा रामेश्वर राना मगरको नाम थियो। तर अन्तिम समयमा अध्यक्ष ओलीले सूची संशोधन गर्दै बादललाई अघि सारेका हुन्।
सोमबार साँझ एमाले केन्द्रीय सदस्य तथा निर्वाचन विभागका सदस्य निरज आचार्यको नेतृत्वमा टोलीले बन्दसूची निर्वाचन आयोगमा बुझाएको हो।
२०७७ सालमा सर्वोच्च अदालतको फैसलापछि नेकपा विभाजन हुँदा बादल माओवादी केन्द्र नफर्की एमालेमै बसेका थिए। हालै सम्पन्न ११औँ महाधिवेशनबाट उनी उपाध्यक्ष निर्वाचित भएका छन् र पार्टीभित्र अध्यक्ष ओलीपछिको दोस्रो वरीयतामा राखिएका छन्।













