नेपाली कांग्रेसले समानुपातिक बन्दसूची बुझाउन अझै सकेन

User Image Prime TV News २ हप्ता अगाडि
Image of नेपाली कांग्रेसले समानुपातिक बन्दसूची  बुझाउन अझै सकेन

काठमाडौ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउने प्रक्रिया आज अन्तिम चरणमा पुगेको छ।

निर्वाचन आयोगका अनुसार गएराति १२ बजेसम्म धरौटी बुझाएर निस्सा लिएका दलहरूले आज बिहान १० बजेसम्म बन्दसूची पेश गर्न सक्नेछन्।

तर विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस अझै सूची बुझाउन असफल देखिएको छ। पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री जीवन परियार बन्दसूची लिएर निर्वाचन आयोग पुगे पनि सभापति शेरबहादुर देउवाको हस्ताक्षर नहुँदा सूची दर्ता हुन सकेन।

कांग्रेसभित्र समानुपातिक उम्मेदवार छनोटलाई लिएर चर्को विवाद चलिरहेको स्रोतले जनाएको छ। गुटगत स्वार्थ, शक्ति सन्तुलन र भागबण्डाको खेलले निर्णय प्रक्रिया अवरुद्ध बनेको बताइएको छ ।