सुनचाँदीको मूल्यमा भारी गिरावट, मंगलबार सुन तोलामा ७ हजार ९०० रुपैयाँले घट्यो

User Image Prime TV News २ हप्ता अगाडि
Image of सुनचाँदीको मूल्यमा भारी गिरावट, मंगलबार सुन तोलामा ७ हजार ९०० रुपैयाँले घट्यो

काठमाडौ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ।

अघिल्लो दिनको तुलनामा सुनको मूल्य ह्वात्तै घट्दै प्रतितोला ७ हजार ९०० रुपैयाँले कम भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। पछिल्ला दिनहरूमा निरन्तर उकालो लागेको सुनको मूल्य एकाएक घटेपछि बजारमा चासो बढेको छ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला ३०५ रुपैयाँले घट्दै चार हजार ९३५ रुपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढाव, अमेरिकी डलरको मूल्य र विश्व आर्थिक गतिविधिले नेपाली बजारमा सुनचाँदीको मूल्य प्रभावित हुँदै आएको व्यवसायीहरू बताउँछन्।