प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भेटवार्ता, शान्तिपूर्ण निर्वाचनमा सहयोगको आग्रह
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्की र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियान’ का अगुवा दुर्गा प्रसाईबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ।
भेटका क्रममा प्रधानमन्त्री कार्कीले मुलुकमा शान्ति र अमनचैन कायम राख्दै दिगो लोकतन्त्र स्थापना गर्न निर्वाचनलाई एकमात्र माध्यम भएको भन्दै प्रसाईंलाई सहयोग गर्न आग्रह गरिन्। उनले मुलुकले अब अस्थिरता र अशान्ति सहन नसक्ने भन्दै आफ्ना माग र असन्तुष्टिहरू शान्तिपूर्ण माध्यमबाट राख्नुपर्ने पनि बताइन्।
प्रधानमन्त्री कार्कीले प्रसाईलाई जनतासँग गएर आफ्नो मुद्दा अनुमोदन गराउन सुझाव दिइन् । धेरै अप्ठ्यारो अवस्थाबाट मुलुकलाई शान्ति र सुव्यवस्थामा फर्काएका छौँ,’ उनले भनिन्, ‘सबै खालका संशयहरूलाई चिर्दै मुलुक पूर्ण रूपमा निर्वाचनको वातावरणमा प्रवेश गरेको छ। यस्तो बेलामा सबै पक्षले जिम्मेवार बन्नुपर्छ।’













