चन्द्रनिगाहपुर–निजगढ सडक खण्डमा ग्यास बुलेट दुर्घटना, सवारी आवागमन बन्द

User Image Prime TV News २ हप्ता अगाडि
Image of चन्द्रनिगाहपुर–निजगढ सडक खण्डमा ग्यास बुलेट दुर्घटना, सवारी आवागमन बन्द

रौतहट । पूर्व–पश्चिम राजमार्गअन्तर्गत चन्द्रनिगाहपुर–निजगढ सडक खण्डमा एलपी ग्यास बुलेट दुर्घटना भएको छ।

ग्यास बुलेट दुर्घटना हुदाँ राजमार्ग अबरुद्ध भएको छ ।  बिहान ७:५० बजे युपी १७ ए २१४ नम्बरको बुलेट सडकमा पल्टिएदा चालक सामान्य घाइते भएका छन्। ग्यास लिक भइरहेकाले सम्भावित आगलागीको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटले सो सडक खण्डमा सवारी आवागमन पूर्णरूपमा रोक लगाएको छ।

प्रहरीले यात्रु र सवारी चालकहरूलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ। दमकल र क्रेनको सहयोगमा बुलेट उठाउने कार्य भइरहेको छ। दुर्घटना जंगल क्षेत्रमा भएकोले नजिकै बस्ती छैन, र यसले थप जनधनको क्षति हुनबाट जोगाएको छ।