उज्यालो नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकीकरण ऐतिहासिकः कुलमान घिसिङ

User Image Prime TV News २ हप्ता अगाडि
Image of उज्यालो नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकीकरण ऐतिहासिकः कुलमान घिसिङ

काठमाडौ । ऊर्जा मन्त्री कुलमान घिसिङले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच ऐतिहासिक एकीकरण भएको बताएका छन्।

घिसिङले सामाजिक सञ्जालमा जनताको चाहना र देशको हितलाई सर्वोपरि राख्दै उज्यालो भविष्यको मार्गतर्फ एक ठाउँमा उभिएको बताएका हुन् । उनका अनुसार यो एकीकरणले देशलाई सही निकासतर्फ लैजाने विश्वास छ र उज्यालो नेपाल अभियानलाई अझ सशक्त बनाउन पार्टीका कार्यकर्ता र समर्थकहरूको निरन्तर साथ रहने उल्लेख गरेका छन्  ।

उनले थप लेखेका छन्, ‘यो एकीकरणले देशलाई सही निकासतर्फ लैजाने दृढ विश्वास लिएका छौं। उज्यालो नेपाल अभियानलाई अझ सशक्त बनाउन तपाईंहरूको निरन्तर साथ र सहयोग रहनेमा हामी पूर्ण विश्वस्त छौं।’

सोमबार साझ रास्वपा सभापति रवि लामिछाने र घिसिङबीच पार्टी एकीकरणको सहमति भएको थियो। यस ऐतिहासिक सहमतिका साक्षी बालेन्द्र साह रहेका छन्।