निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ प्रक्रिया सुरु
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ प्रक्रिया अघि बढाएको छ। सुरुमा समानुपातिकतर्फको मतपत्र छापिनेछ भने त्यसपछि प्रत्यक्षतर्फको मतपत्र छापिनेछ।
मतपत्र छाप्ने काम भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रमा भइरहेको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले समानुपातिकतर्फ ५८ दल र ६४ चुनाव चिह्न निश्चित भइसकेकाले सो क्रममा सुरु गरिएको बताए।
फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि कुल १ करोड ९० लाख ५ हजार ३२४ मतदाताको नामावली तयार गरिएको छ। आयोगले समानुपातिक मतपत्र छाप्न २०–३० दिन लाग्ने र आवश्यक अतिरिक्त मतपत्र समेत छापिने जनाएको छ।
समानुपातिक मतपत्र छापिसकेपछि प्रत्यक्षतर्फको मतपत्र छापाइ सुरु हुनेछ। प्रत्यक्षतर्फको मतपत्र निर्वाचन क्षेत्रअनुसार फरक हुने भएकाले उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेपछि मात्रै छापाइ सुरु हुने छ।













