सडक मर्मत सम्भारमा बजेट अभाव प्रमुख चुनौतीः मन्त्री घिसिङ
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले सडक मर्मत सम्भारमा बजेट अभाव प्रमुख चुनौती भएको बताएका छन्।
२३ औँ वार्षिकोत्सव समारोहमा मन्त्री घिसिङले भने, “सडक सुधार गर्न धेरै आवश्यक छ, तर बजेटको सीमितताका कारण सबै सडक मर्मत सम्भार गर्न सकिएको छैन।” उनले संघ, प्रदेश र स्थानीय तहबाट मर्मत भइरहेको भए पनि समयमै काम गर्न नसकिएको र यसले जनतामा आक्रोश बढाएको बताए। आगामी वर्षमा बजेट दायरा बढाउनुपर्ने आवश्यकता पनि उनले औँल्याए।
मन्त्री घिसिङले केही सडक मर्मत ढिला हुनुमा निर्माण व्यवसायीको भूमिका रहेको र भविष्यमा ढिला भएमा पेनाल्टीको व्यवस्था गरी काम अघि बढाइने जानकारी दिए। सडक बोर्डका कार्यकारी निर्देशक गणेश बहादुर केसीले भने, समयमै मर्मत नभए लागत तीन चार गुणा बढ्ने सम्भावना रहेको र मर्मतलाई वैज्ञानिक ढङ्गबाट गर्नुपर्ने बताए।
उनले भने, सडक बोर्डले नियमित, पटके र अद्यावधिक मर्मत गर्दै आएको छ।













