उज्यालो नेपालका लावतीले समानुपातिक सूचीमा नाम राखिएकोमा असहमति जनाए
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । उज्यालो नेपाल पार्टीका नेता प्रो. डा. महेन्द्र लावतीले राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा आफ्नो नाम राखिएको विषयमा असहमति व्यक्त गरेका छन्।
डा. लावतीका अनुसार, पार्टी रास्वपासँग एकता गर्ने विषयमा उनीहरूसँग सल्लाह नभएको बताए । रास्वपाले बुझाएको सूचीमा उनकाे नाम आदिवासी जनजाति पुरुष क्लस्टरको १२औँ नम्बरमा राखिएको छ।
उज्यालो पार्टीका संरक्षक कुलमान घिसिङले पनि उनीलाई एकता विषयका बारेमा सिर्फ समाचारबाट थाहा भएको बताएका छन्। डा. लावतीले भने, “हामी हाम्रो मुद्दा के हुनेछ भनेर सोध्दा घोषणा पत्रमा आउँछ भन्नुभयो, हामी पर्खिरहेका छौँ।”
उनीले गणतन्त्र, धर्म निरपेक्ष राज्य, सङ्घीयता र समानुपातिकता जस्ता बटमलाइन मुद्दा सहमतिमा समावेश नभएको उल्लेख गर्दै भने, “यी विषयमा स्पष्ट धारणा नआएमा हामी रास्वपासँग रहने छैनौँ।” सामाजिक सञ्जालमा भने उनीमाथि पहिचानका मुद्दा छाडेको भन्दै आलोचना भइरहेको छ। डा. लावती महेन्द्र पद्मसुन्दर लावतीका छोरा पनि हुन्।













