रास्वपाको समानुपातिक सूचीमा जिल्ला असमानता, अधिकांश प्रतिनिधि चितवन र मोरङबाट
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवार सूचीमा जिल्लागत प्रतिनिधित्व असमान रहेको पाइएको छ। सूची अनुसार ७७ जिल्लामध्ये ४४ जिल्ला पूर्ण रूपमा छुटेका छन् भने चितवन र मोरङ जिल्लाबाट अत्यधिक प्रतिनिधित्व भएको छ।
समानुपातिक सूचीमा चितवनबाट २१ जना उम्मेदवार रहेका छन् भने मोरङबाट १५ जना समावेश गरिएको छ। त्यसैगरी, सिरहा, सप्तरी, काठमाडौं र सुनसरी जिल्लाबाट ५–५ जना उम्मेदवार रहेका छन्। ललितपुर र महोत्तरीबाट ४–४ जना, भक्तपुर र धनुषाबाट ३–३ जना उम्मेदवार सूचीमा समावेश छन्।
सूचीमा ८ जना उम्मेदवारको नागरिकता जारी गरिएको जिल्लाको नाम खाली छ। प्रदेशगत दृष्टिले हेर्दा, कोशी प्रदेशका ४, मधेशका ३, बागमतीका ७, गण्डकीका ७, लुम्बिनीका ८, कर्णालीका ७ र सुदूरपश्चिमका ८ जिल्लाबाट प्रतिनिधित्व भएको छैन।
रास्वपाको यो सूची असमान र एक पक्षीय रुपमा रहेकव देखिएको छ ।













