निर्वाचनका लागि ६४ दलले समानुपातिक प्रणालीमा बन्दसूची पेस (सूचीसहित)

User Image Prime TV News २ हप्ता अगाडि
Image of निर्वाचनका लागि ६४ दलले समानुपातिक प्रणालीमा बन्दसूची पेस (सूचीसहित)

काठमाडौ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ६४ वटा राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीमा चुनाव लड्ने तयारी पूरा गरेका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार यी दलहरूले ५८ वटा चुनाव चिन्हबाट बन्दसूची पेस गरेका छन्।

निर्वाचन आयोगले पुस १३ र १४ गते बन्दसूची पेस गर्ने तालिका तोकेको थियो। प्रवक्ता भट्टराईले जानकारी दिए, “बन्दसूची पेस गर्ने ६४ दलमध्ये ५४ दलले आफ्नै निर्वाचन चिन्हमा चुनाव लडेका छन् भने १० दलले चार वटा साझा चुनाव चिन्हमा निर्वाचनमा भाग लिने गरी बन्दसूची पेस गरेका छन्।”

नेपालको संविधानको धारा ८४ अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना प्रतिनिधि सभा सदस्य निर्वाचित हुनेछन् भने समानुपातिक प्रणालीबाट सम्पूर्ण देशलाई एउटै निर्वाचन क्षेत्र मानेर मतदान गर्दा ११० जना सदस्य प्रतिनिधि सभा प्रवेश गर्ने व्यवस्था छ।