कुखुरा, बाख्रा र स्यालले मोर्चा गरेर केही हुदैन : ओली

User Image Prime TV News २ हप्ता अगाडि
Image of कुखुरा, बाख्रा र स्यालले मोर्चा गरेर केही हुदैन : ओली

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्वाचनको प्रतीक्षामा रहेको स्पष्ट पारेका छन्। हालै सम्पन्न महाधिवेशनले पार्टीको आन्तरिक जीवनमा स्पष्ट निर्णय दिएको उल्लेख गर्दै उनले अब निर्वाचनमार्फत राष्ट्रिय स्तरको फैसला दिन एमाले पूर्ण रूपमा तयार रहेको बताए।

मंगलबार एमालेले आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महाधिवेशनले पार्टीको दिशा र सन्देश स्पष्ट गरेको दाबी गरे। “महाधिवेशनबाट हामीले धेरै प्रश्नहरूको जवाफ दिएका छौं। अब निर्वाचनबाट राष्ट्रिय फैसला दिने पालो आएको छ,” उनले भने, “त्यसका लागि एमाले तयार छ भन्ने सन्देश महाधिवेशनले दिएको छ।”

उनले आगामी निर्वाचनसम्म देशमा को लोकप्रिय छ भन्ने बहस चलिरहने उल्लेख गर्दै अन्तिम निर्णय जनताले मतमार्फत गर्ने बताए। साथै, लोकतन्त्र कसैले पराजित गर्न नसक्ने जिकिर पनि गरे। “लोकतन्त्र अजेय छ, अपराजय छ। यसलाई कसैले जित्दैन, लोकतन्त्रले नै जित्छ,” ओलीले भने।

फरक प्रसंगमा अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भावी प्रधानमन्त्रीका विषयमा भएको भनिएको सहमतिप्रति व्यंग्य समेत गरे। “प्रधानमन्त्री त बनाइसकेजस्तो कुरा सुनिन्छ,” उनले भने, “हामी भने चुनाव पर्खिरहेका छौं। कहिले हुन्छ ,फागुन २१, वैशाख वा अर्को मंसिर हामी चुनावकै प्रतीक्षामा छौं।”

उनले राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी र काठमाडौँ महानगरका मेयर बालेन शाहबिच एकतालाई उनले दुब्लाहरूको मोर्चाबन्दीको संज्ञा दिँदै कुखुरा, बाख्रा र स्यालले मोर्चा गरेर केही नहुने दाबी गरे ।