देश परिवर्तनको एकमात्र बाटो समाजवादी क्रान्ति : माधवकुमार नेपाल

User Image Prime TV News २ हप्ता अगाडि
Image of देश परिवर्तनको एकमात्र बाटो समाजवादी क्रान्ति : माधवकुमार नेपाल

काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले मुलुकको समग्र रूपान्तरणका लागि समाजवादी क्रान्तिको कार्यक्रमबाहेक कुनै वैकल्पिक मार्ग नरहेको बताएका छन्। विकास, समृद्धि र राष्ट्रिय एकतालाई सुदृढ बनाउने सबैभन्दा प्रभावकारी उपाय यही कार्यक्रम भएको बताए । 

मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै सहसंयोजक नेपालले वर्तमान राजनीतिक र सामाजिक अवस्थालाई सुधार गर्न नेकपाको वैचारिक दृष्टिकोण अपरिहार्य रहेको बताए। रुकुमबाट १५ दिन पैदल यात्रा गर्दै काठमाडौं आइपुगेका विद्यार्थी नेता केशव रावललाई सम्मान गर्ने अवसरमा उनले युवाको योगदानलाई परिवर्तनको मुख्य शक्ति भएको उल्लेख गरे।

“राजनीति र समाजमा व्याप्त विकृति, विसंगति र अन्यायको अन्त्य गर्न समाजवादी क्रान्तिको कार्यक्रम नै सही विकल्प हो,” नेपालले भने, “देशलाई शान्ति र समृद्धिको दिशामा लैजान नेकपाको विचार र कार्यक्रम आवश्यक छ।”

उनले पार्टीभित्रको एकता र अनुशासनलाई बलियो बनाउँदै जनताको विश्वास जित्नुपर्नेमा जोड दिए। सहसंयोजक नेपालका अनुसार समाजवादी क्रान्तिको अभियानले मात्रै मुलुकको दीर्घकालीन समस्या समाधान गर्दै जनताको जीवनस्तर उकास्न सक्छ।

कार्यक्रममा उनले युवा पुस्ताले वैचारिक स्पष्टता र प्रतिबद्धताका साथ राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै सामाजिक रूपान्तरणको यात्रामा उनीहरूको योगदान निर्णायक हुने विश्वास व्यक्त गरे।