रूपन्देहीमा एमालेलाई अर्को झट्का : वासुदेव घिमिरे रास्वपातर्फ

User Image Prime TV News २ हप्ता अगाडि
Image of रूपन्देहीमा एमालेलाई अर्को झट्का : वासुदेव घिमिरे रास्वपातर्फ

काठमाडौ । रूपन्देहीका पूर्व नगरप्रमुख तथा पूर्व प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले एमाले परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने तयारी गरेका छन्।

२०७९ सालको निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर ५ बाट एमालेका तर्फबाट निर्वाचित घिमिरे अब सो पार्टीसँगको सम्बन्ध तोडेर नयाँ राजनीतिक यात्रामा निस्किएका हुन्।

रास्वपाले उनलाई रूपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने प्रस्ताव गरेको छ। यही क्षेत्र एमाले उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्र हो । जसले आगामी चुनावलाई रोचक मात्र होइन, कडा प्रतिस्पर्धात्मक बनाउने देखिन्छ।

घिमिरेले सामाजिक सञ्जालमार्फत आफू अब एमालेमा नरहेको स्पष्ट पारेका छन्। उनले लेखेका छन्, “पार्टी सुध्रिने अवस्था देखिएन। देशका लागि मिलेर काम गरौँ भन्ने प्रस्ताव आएको छ। म त्यसप्रति सकारात्मक छु।”

उनका अनुसार आफू मंसिर २७ गतेसम्म एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य थिए। तर पार्टीभित्र सुधारको सम्भावना नदेखिएपछि अलग हुने निर्णय लिनुपरेको उनको भनाइ छ। उनी एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका थिए।