लगातार तेस्रो दिन पनि घट्यो सुनको मूल्य

User Image Prime TV News २ हप्ता अगाडि
Image of लगातार तेस्रो दिन पनि घट्यो सुनको मूल्य

काठमाडौ । नेपाली बजारमा सुनको मूल्य लगातार तेस्रो दिन पनि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार एकसय रुपैयाँले घटेर दुई लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो मात्रै सुनको मूल्य तोलामा सात हजार नौसय रुपैयाँले घटेर दुई लाख ६२ हजार एकसय रुपैयाँमा झरेको थियो। त्यसअघि गएको मंगलबार पनि सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको थियो । गएको आइतबार सुनको मूल्य तोलामा दुई लाख ७० हजार ६ सय रुपैयाँ पुगेको थियो । जुन हालसम्मकै उच्च मूल्य हो। तर त्यसयता लगातार घट्दै आएको सुनको मूल्य तीन दिनको अवधिमा कुल तोलामा ९ हजार ६ सय रुपैयाँले घटिसकेको छ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य तोलामा एकसय २० रुपैयाँले घटेर चार हजार चारसय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारको उतारचढाव र माग–आपूर्तिको अवस्थाले सुनचाँदीको मूल्यमा असर परेको व्यवसायीहरूको भनाइ छ।