राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा न्यौपाने निर्विराेध

User Image Prime TV News एक महिना अगाडि
Image of राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा न्यौपाने निर्विराेध

काठमाडाै । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदमा  निर्विरोध निर्वाचित भएकी छन् । समिति सभापतिमा उम्मेदवारी दिन सङ्घीय संसद् सचिवालयले तोकेको समयमा उनको मात्रै उम्मेदवारी परेपछि मंगलबार निर्विरोध निर्वाचित भएकी हुन् । 

राज्य व्यवस्था समितिको सभापति पदमा उम्मेदवारी आज  दिउँसो १ बजेदेखि दिउँसो ४ बजेसम्म तय गरिएको थियो । निर्वाचन भने बुधबार दिउँसो ३ बजे समितिको बैठकमै हुने कार्यतालिका सङ्घीय संसद् सचिवालयले सोमबार नै सार्वजनिक गरेको छ ।

न्याैपानेले सुनुवाइ समितिबाट राजीनामा दिएर राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा उम्मेदवारी दिएकी थिइन् । न्याैपानेकाे उम्मेदवारी प्रस्तावमा कांग्रेस सांसद रामहरि खतिवडा र समर्थक एमाले सांसद कृष्णगोपाल श्रेष्ठ छन् ।

न्यौपाने कांग्रेसबाट समानुपातिक तर्फकी सांसद हुन् । उनलाई यसअघि कांग्रेसले प्रतिनिधिसभाको उपसभामुख पदमा पनि उम्मेदवार बनाएको थियो । उनी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरसँग उपसभामुखमा पराजित भएकी थिइन् । 

यस अघि नेपाली कांग्रेसका शीर्ष नेताहरूको बिहान सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकले न्यौपानेलाई राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।