आइसीसी टी–२० विश्वकप २०२६को ट्रफी नेपाल आउँदै, ५–७ जनवरी प्रदर्शन हुने

User Image Prime TV News २ हप्ता अगाडि
Image of आइसीसी टी–२० विश्वकप २०२६को ट्रफी नेपाल आउँदै, ५–७ जनवरी प्रदर्शन हुने

काठमाडौ । आइसीसी टी–२० विश्वकप २०२६ को ट्रफी जनवरी ५ मा नेपाल आइपुग्ने भएको छ।

भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुने विश्वकपको ट्रफी नेपालमा दुई दिन रहने नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ। क्यानले बुधबार जारी गरेको विज्ञप्तिमा जनवरी ५ देखि ७ सम्म ट्रफी नेपालका विभिन्न स्थानमा प्रदर्शन गरिने जनाइएको छ।

तर, कुन स्थानमा ट्रफी राखिने वा कार्यक्रम कसरी आयोजना हुने भन्ने विस्तृत जानकारी अहिलेसम्म सार्वजनिक गरिएको छैन। नेपालका क्रिकेट प्रेमीहरूले ट्रफीलाई प्रत्यक्ष हेर्ने अवसर पाउने हुँदा यस कार्यक्रमप्रति उत्सुकता उच्च रहेको बताइएको छ।