मधेस प्रदेशमा मन्त्रिपरिषद् पूर्णता: मुख्यमन्त्री कृष्ण यादवले ६ जना नयाँ मन्त्री थपे

User Image Prime TV News २ हप्ता अगाडि
Image of मधेस प्रदेशमा मन्त्रिपरिषद् पूर्णता: मुख्यमन्त्री कृष्ण यादवले ६ जना नयाँ मन्त्री थपे

जनकपुर । मधेस प्रदेशमा मुख्यमन्त्री कृष्ण यादवले मन्त्रिपरिषद् तेस्रो पटक विस्तार गरेका छन्।

यस विस्तारसँगै प्रदेश सरकार अब मुख्यमन्त्रीसहित १२ सदस्यीय पूर्ण मन्त्रिपरिषद् भएको छ। सरकार गठन भएको करिब एक महिनापछि मुख्यमन्त्री यादवले ६ जना नयाँ मन्त्रीहरूलाई मन्त्रिपरिषद् समावेश गर्दै यसलाई पूर्णता दिएका हुन्।

नवनियुक्त मन्त्रीहरूले आजै प्रदेश प्रमुख डा. सुरेन्द्र लाभबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मनिष सुमन, श्रम तथा यातायात, राजकुमार गुप्ता भौतिक पूर्वाधार विकास, शंकरप्रसाद चौधरी वन तथा वातावरण, श्यामप्रसाद पटेल भूमि, व्यवस्था, कृषि तथा सहकारी, वसन्त कुशवाहा खेलकुद तथा समाज कल्याण, फकिरा महतो: गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।