रवि लामिछानेले समानुपातिक उम्मेदवार सूची सच्याउने प्रतिबद्धता जनाए
Prime TV News २ हप्ता अगाडि 
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचन आयोगमा बुझाइएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा देखिएका त्रुटि सच्याउने प्रतिबद्धता जनाएका छन्।
मङ्गलबार पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले विभिन्न कारणले सूचीमा त्रुटि भएको स्वीकार गर्दै भने, “विभिन्न क्षेत्रमा प्रमाणित गरिसकेका साथीहरू छन्। कतिपय समय अभावले पनि भएको छ। कतिपय प्राविधिक कुराहरू छन्, कतिपय केही समस्याहरू छन्। नियतमा समस्या हुँदैन, निर्णयहरू कहिलेकाहीँ तलमाथि भएपनि सच्याउन सकिन्छ। साथीहरूले बुझिदिनुहोला, हामीले बोक्नुपर्ने कोही पनि छैनन्। सच्याउनुपर्ने कुरा सच्याइन्छ।”
लामिछानेले यस प्रक्रियालाई पारदर्शी बनाउने र योग्य उम्मेदवारलाई सुनिश्चित गर्ने लक्ष्य रहेको पनि बताए।













