ओली–दाहालबीच गोप्य भेट, चुनावी रणनीति मिल्ने संकेत

User Image Prime TV News २ हप्ता अगाडि
Image of ओली–दाहालबीच गोप्य भेट, चुनावी रणनीति मिल्ने संकेत

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच गत सोमबार गोप्य भेटवार्ता भएको छ। सार्वजनिक रूपमा दुवै नेताबीच सौहार्दपूर्ण सम्बन्ध देखिए पनि भेटको विषय र समय सचिवालयले गोप्य राखेको थियो।

स्रोतका अनुसार, भेटको मुख्य उद्देश्य माघ ११ गते राष्ट्रियसभा र फागुन २१ गते प्रतिनिधिसभा चुनाव सन्दर्भमा सम्भावित सहकार्य र रणनीति छलफल भएको बताइएको छ । यसअघि प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको तीन दलको बैठक र राष्ट्रपतिले शीतल निवासमा बोलाएको बैठकमा पनि दुवै नेता भेटिएका थिए। शनिबारको बैठकपछि चुनावी वातावरण अझ सक्रिय बनेको छ।

राष्ट्रियसभा चुनावमा एमालेले कांग्रेससँग गठबन्धन चाहेको भए पनि कांग्रेसले नेकपासँग पनि समानान्तर छलफल अघि बढाएपछि दुई नेताबीच भेट भएको हो। प्रतिनिधिसभा चुनावमा पनि कांग्रेस–एमाले मिल्ने संकेत देखिएको छ।

एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले मंगलबार आयोजित कार्यक्रममा कांग्रेस–एमाले मिलेर संसदको चुनाव लड्ने प्रस्ताव सार्वजनिक गरेका छन्। उनका यस भनाइले आगामी चुनावमा दलहरूमा दबाब बढेको विश्लेषकहरूले बताएका छन्।

केही दिन अघि एमाले अध्यक्ष ओलीले सार्वजनिक रुपमा नै नेकपाका संग सम्पर्कमा नै रहेको तर कुनै एजेण्डा बिषेशमा भने छलफल र वार्ताहरु भने नभएको बताएका थिए ।