नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, कारोबार ५ अर्ब १३ करोड नजिक
Prime TV News ४ महिना अगाडि 
काठमाडौ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार नेप्से परिसूचक १०.८७ अंकले बढेर २६३३.७६ विन्दुमा पुगेको छ। दिनभर उतारचढावपूर्ण रहे पनि अन्तिम समयमा बजार सकारात्मक लय समात्दै बन्द भएको हो।
आज ३४२ कम्पनीका १ करोड १९ लाख ४६ हजार ३३३ कित्ता सेयर खरिद–बिक्री भएका छन् भने कुल कारोबार रकम ५ अर्ब १३ करोड ४८ लाख रुपैयाँ पुगेको छ। आजको कारोबारमा १६३ कम्पनीको सेयर मूल्य बढेको, ८९ कम्पनीको घटेको र ८ कम्पनीको मूल्य स्थिर रहेको छ।
बजारमा विन नेपाल लघुवित्तको मूल्यमा १०% गिरावट आएर नकारात्मक सर्किट लागेको छ भने सिटिजन्स बैंकको डिबेञ्चर ९.६१% ले घटेको छ। समूहगत सूचकहरूमध्ये सबै सूचक सकारात्मक रहे। उत्पादनमूलक समूहमा १.६१% वृद्धि हुँदा अन्य समूहमा १% भन्दा कमले बढेको छ।
आज एसवाई प्यानल र न्यादी पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट (१०%) लागेको छ। कारोबार रकमको आधारमा ग्रीन भेञ्चर अग्रस्थानमा रहेको छ, जसको कारोबार १७ करोड ७९ लाख रुपैयाँ भएको छ। त्यस्तै, बन्दीपुर केवलकार, श्रीनगर एग्रिटेक, हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट पनि आज सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा परेका छन्।







