नयाँ उदाएका शक्तिमा ‘जेलेन्स्की प्रवृति’ देखिएको छः कमल थापा

User Image Prime TV News २ हप्ता अगाडि
Image of नयाँ उदाएका शक्तिमा ‘जेलेन्स्की प्रवृति’ देखिएको छः कमल थापा

काठमाडौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नयाँ उदाएका राजनीतिक शक्तिहरूमा युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्कीको प्रवृति देखिएको भन्दै सचेत रहन सबैलाई आग्रह गरेका छन्।

सोमबार काठमाडौँमा राप्रपा र राप्रपा नेपालबीच आयोजित एकता घोषणा सभामा अध्यक्ष थापाले भने, “चर्काचर्का नारा दिएर लोकप्रियता हासिल गर्ने, त्यसकै आधारमा जनमत लिने र मुलुकलाई बर्बाद पार्ने जेलेन्स्की प्रवृति देखिएको छ।”

थापाले युक्रेनी राष्ट्रपति जेलेन्स्कीको उदाहरण प्रस्तुत गर्दै कला क्षेत्रबाट राजनीति प्रवेश गर्ने नयाँ शक्तिहरूको वैचारिक धरातल र एजेन्डा नहुने जोखिममा चेतावनी दिएका छन्। उनले सभामा रवि लामिछाने, काठमाडौँका मेयर बालेन्द्र साह, र रास्वपाका उपसभापति कुलमान घिसिङलाई विचारविहीन भएको उल्लेख गर्दै “कुनै वैचारिक धरातल छैन, कुनै एजेन्डा छैन” भने।

थापाले जेनजी आन्दोलनको विषयमा पनि टिप्पणी गर्दै, “हामीले तयार पारेको जनचेतना र जागरणको जगमा आन्दोलन भयो। तर सकिन पाउँदै देशी–विदेशी शक्तिले आन्दोलनले उठाएको एजेन्डा अपरहण गरे, भ्रष्ट व्यवस्था र शासकलाई जोगाइयो।”