जेनजी आन्दोलनले राजनीतिक नेतृत्वमा आत्मसमीक्षा उत्प्रेरित गर्‍योः प्रचण्ड

User Image Prime TV News २ हप्ता अगाडि
Image of जेनजी आन्दोलनले राजनीतिक नेतृत्वमा आत्मसमीक्षा उत्प्रेरित गर्‍योः प्रचण्ड

काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी आन्दोलनलाई राजनीतिक नेतृत्व र समाजका संघसंस्थाहरूका लागि आत्मसमीक्षाको अवसर भएको बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रचण्डले भने, “जेनजी आन्दोलनले एकातिर राजनीतिक नेतृत्व र समाजका सबै स्थापित संघसंस्थाहरूलाई आत्मसमीक्षा गर्न उत्प्रेरित गर्‍यो भने अर्को तिर नयाँ संकल्पना गर्न वा इतिहासको मञ्चबाट पन्छिनुपर्ने बेला आएको हो कि भन्ने प्रश्न खडा गर्‍यो।”

उनले सबै नेतृत्व र प्रतिनिधिहरूले आफ्नो कमजोरी कहाँ-कहाँ भयो र त्यसलाई कसरी सुधार गर्ने भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन्। प्रचण्डले थपे, “अब जनता र राष्ट्रको आवश्यकतालाई केन्द्रमा राखेर अघि बढ्ने कि, इतिहासमा आफ्नो औचित्य सकियो भनेर पन्छिने निर्णय लिने बेला आएको छ।”