१३औँ राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाइँदै

User Image Prime TV News २ महिना अगाडि
Image of १३औँ राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाइँदै

काठमाडौ । आज देशभर १३औँ राष्ट्रिय पोसाक तथा टोपी दिवस विविध कार्यक्रमसहित मनाइँदै छ। विभिन्न युवा संस्थाको आयोजनामा मनाइँदै आएको यो दिवस ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नारासहित मनाइँदै आएको हो।

नेपाली पहिचानको प्रतीक मानिने दौरा सुरुवाल, टोपी र गुन्यु चोलीलाई नयाँ पुस्तामाझ प्रवर्द्धन गर्ने उद्देश्यले विसं २०७० सालदेखि यो दिवस मनाउन थालिएको हो। पछिल्ला वर्षहरूमा यसको प्रभाव विस्तार हुँदै गएको र युवामाझ राष्ट्रिय पहिचानप्रतिको चेतना बढ्दै गएको आयोजकहरूको भनाइ छ।

दिवसको अवसरमा आज राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रम, सचेतनामूलक गतिविधि र र्‍याली आयोजना गरिएको छ। धेरै युवायुवतीले राष्ट्रिय पोसाक लगाएर तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै नेपाली पहिचानप्रति गर्व व्यक्त गरेका छन्।

यसअघि राष्ट्रिय पोसाकको प्रयोग औपचारिक रूपमा कमजोर बन्दै गएको अवस्थामा युवाहरूले स्वतःस्फूर्त रूपमा अभियान सुरु गरेका थिए। त्यसयता हरेक वर्ष जनवरी १ तारिखका दिन यो दिवस मनाइँदै आएको छ ।