नेपाली बजारमा सुन–चाँदीको मूल्यमा गिरावट
Prime TV News २ महिना अगाडि 
काठमाडौ । बिहीबार सुनको मूल्य घटेको छ। केही दिनअघि तोलामा २ लाख ७० हजार ६०० रुपैयाँको ऐतिहासिक रेकर्ड कायम गरेको छापावाल सुनको मूल्य क्रमशः घट्दै बिहीबार तोलामा २ लाख ५९ हजार ६०० रुपैयाँमा झरेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बिहीबार सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले घटेको छ। बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६१ हजार रुपैयाँ कायम थियो।
यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बुधबार तोलामा ४ हजार ४७० रुपैयाँ रहेको चाँदी बिहीबार घटेर तोलामा ४ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारको उतारचढाव तथा माग–आपूर्तिको अवस्थाका कारण सुन–चाँदीको मूल्यमा पछिल्लो समय अस्थिरता देखिएको व्यवसायीहरूको भनाइ छ।













