नेपाललाई अस्थिरतातर्फ धकेल्ने षड्यन्त्र भइरहेको छः झलनाथ खनाल

User Image Prime TV News २ हप्ता अगाडि
Image of नेपाललाई अस्थिरतातर्फ धकेल्ने षड्यन्त्र भइरहेको छः झलनाथ खनाल

काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले नेपाललाई योजनाबद्ध रूपमा अस्थिर बनाउने प्रयास भइरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले यस्तो षड्यन्त्रबाट देशलाई जोगाउन सबै वामपन्थी तथा कम्युनिष्ट शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्।

अंग्रेजी नयाँ वर्षको अवसरमा शुभकामना सन्देश जारी गर्दै खनालले ‘जेन्जी आन्दोलन’का नाममा मुलुकलाई संकटतर्फ लैजाने गतिविधि भइरहेको आरोप लगाए। उनका अनुसार पश्चिमा शक्तिहरू र नेपालभित्र रहेका तिनका समर्थकहरूले विदेशी आर्थिक स्रोत र प्रलोभन प्रयोग गरी जनमतलाई भ्रमित पार्ने प्रयास गरिरहेका छन्।

खनालले यस्ता गतिविधिले नेपाली समाजमा स्थापित राजनीतिक दलहरू, राष्ट्रिय स्वाधीनता र समाजवादका मूल्यहरू विरुद्ध दुष्प्रचार फैलाइरहेको दाबी गरे। उनले यसले अन्ततः देशलाई हिंसा, द्वन्द्व र विध्वंसतर्फ लैजान सक्ने खतरा रहेको चेतावनी दिए।

पूर्वप्रधानमन्त्री खनालले वर्तमान परिस्थितिलाई गम्भीर रूपमा लिन आग्रह गर्दै राष्ट्रिय हित, सामाजिक परिवर्तन र राजनीतिक स्थायित्वको रक्षा गर्न वामपन्थी शक्तिहरूबीच साझा मोर्चा आवश्यक रहेको बताए।