परराष्ट्रमन्त्री शर्मा बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी

User Image Prime TV News २ हप्ता अगाडि
Image of परराष्ट्रमन्त्री शर्मा बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी

काठमाडौ । परराष्ट्रमन्त्री बालानन्द शर्मा बुधबार बंगलादेशकी पूर्वप्रधानमन्त्री र बंगलादेश राष्ट्रवादी पार्टी अध्यक्ष बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी भएका छन्।

शर्माले नेपाल सरकारको तर्फबाट स्वर्गीय खालिदा जियाको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गरेका थिए। उनले स्व. जियाका छोरा तथा बीएनपी कार्यवाहक अध्यक्ष तारिक रहमानसँग भेटेर समवेदना व्यक्त गरेका छन्। शर्मा अनुसार, बेगम जिया बंगलादेशको लोकतान्त्रिक यात्रामा महत्वपूर्ण भूमिका खेलेकी राजनेता थिइन्।

रहमानले शर्मालाई धन्यवाद दिएर दुई देशबीचको मित्रता र सहयोग निरन्तर बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। शर्माले बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्रो. डा. मुहम्मद युनुससँग पनि भेट गरेका थिए। उनले प्रधानमन्त्री सुशीला कार्कीको सन्देश हस्तान्तरण गर्दै बेगम जियाको निधनमा गहिरो समवेदना प्रकट गरेकी जानकारी दिएका छन्।

त्यसैगरी, शर्माले बंगलादेशका विदेश मामिला सल्लाहकार मोहम्मद तौहिद हुसेनसँग भेटवार्ता गरेका छन् ।