विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली नेपालमा कार्यान्वयन

User Image Prime TV News १ हप्ता अगाडि
Image of विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली नेपालमा कार्यान्वयन

काठमाडौ । सरकारले आज देखि विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा ल्याएको छ। गृह मन्त्री ओमप्रकाश अर्याल र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको उपस्थितिमा अध्यागमन विभागले प्रणाली सुरु गरेको हो।

यो प्रणाली दुई चरणमा लागू हुने छ। पहिलो चरणमा काठमाडौं उपत्यकाका तारे होटलहरूमा अनिवार्य भएको छ। दोस्रो चरण १ मार्च २०२६ अर्थाल १७ फागुन २०८२ देखि देशभरिका तारे होटल, वायुसेवा कम्पनी, टुर एन्ड ट्राभल कम्पनी, मनी एक्स्चेन्ज तथा अन्य सार्वजनिक–निजी सेवामा लागु गरिनेछ।

अध्यागमन विभागका अनुसार, प्रणालीको उद्देश्य विदेशी नागरिकको दर्ता र अनुगमन, सम्भावित अपराध नियन्त्रण, आपतकालीन उद्धार, सुरक्षा सुनिश्चितता र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्नु हो। यस मार्फत नेपाल प्रवेश गर्ने विदेशी नागरिकको बसोबास र गतिविधिको अभिलेख व्यवस्थित हुने छ।

विभागले यस प्रणालीमा आबद्ध हुने तरिका आफ्नो वेबसाइटमार्फत जानकारी गराएको छ।