देशका विभिन्न स्थानमा बाढीको जोखिम


काठमाडौ । देशका विभिन्न स्थानमा बाढीको जोखिम देखा परेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार, आज बिहानको मापनअनुसार कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली र सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहेको छ, तर यसमा वृद्धि हुने संभावना छ।
साथै, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव पनि बढ्न सक्ने पुर्वअनुमान गरिएको छ । बाढी महाशाखाले आज दोलखा, सिन्धुपाल्चोक, पाल्पा, रुपन्देही, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, डोटी, कैलाली र आसपासका जिल्लाहरूमा ससाना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने संभावना रहेको जानकारी दिएको छ ।
यसैगरी, इलाम, झापा, मोरङ, काठमाडौँ, ललितपुर, भक्तपुर, बारा, पर्सा, चितवन, कास्की, तनहुँ, स्याङजा, म्याग्दी, बागलुङ, पर्वत, गुल्मी, अर्घाखाँची, बाँके, बर्दिया, दाङ, सुर्खेत, दैलेख, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुला र आसपासका जिल्लाहरूमा पनि ससाना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने सम्भावना महाशाखाले जनाएको छ।
बाढी महाशाखाले नदी तटीय क्षेत्रका बासिन्दाहरूसँग सतर्कता अपनाउनको लागि अनुरोध गरेको छ।
हेर्नुहोस्, सुचनाः