नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो, कारोबार रकम पनि घट्यो
Prime TV News २ महिना अगाडि 
काठमाडौ । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज बजार ओरालोमा रहेको छ। आज नेप्से परिसूचक १२.८३ अंकले घटेर २,६२०.९२ विन्दुमा ओर्लिएको छ।
कारोबार रकम पनि घटेको छ। बिहीबार बजारमा ५ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ४ अर्ब ७१ करोडमा सीमित भएको छ। कुल ३३६ कम्पनीका १ करोड १ लाख ५३ हजार कित्ता सेयर कारोबार भएका छन्।
आजको कारोबारमा ६३ कम्पनीको सेयर मूल्य बढेको, १८९ कम्पनीको मूल्य घटेको, र ८ कम्पनीको मूल्य स्थिर रहेको छ। बजारका १३ समूहका सूचकमध्ये आज अन्य बाहेक सबै समूह घटेका छन्। तर अधिकांश समूहको घटबढ एक प्रतिशतभन्दा कम छ।
बजार ओरालो भए पनि केही कम्पनीले सकारात्मक प्रदर्शन देखाएका छन्। विन नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किटमा पुगेको छ। त्यस्तै, एसवाई प्यानलको मूल्य ९.०९ प्रतिशत र हिमस्टार ऊर्जाको मूल्य ८.०९ प्रतिशतले बढेको छ। भने, ग्लोबल आईएमई समुन्नत योजना २ म्युचुअल फण्डमा आज १० प्रतिशत मूल्य घटेको छ।
कारोबार रकमका आधारमा एसवाई प्यानल अग्रणी कम्पनी रहेको छ । जसको २३ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यसैगरी, शिवम् सिमेन्टको कारोबार १३ करोड ८० लाख र बुटवल पावर कम्पनीको १२ करोड २३ लाख रुपैयाँ बराबरको भएको छ।













