नेपाल पुलिस क्लब नवौं एनभीए भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाल पुलिस क्लब नवौं एनभीए भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको खेलमा कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलमा पुलिसले पहिलो सेट २५–१९ दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पार्न सफल भयो । पुलिसले सेमिफाइनलमा शुक्रबार हेल्प नेपालसँग प्रतिस्पर्धा गर्नेछ । त्यसअघि बिहीबार नै भएको अर्को खेलमा बुढानिलकण्ठ भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराउँदै हेल्प नेपाल पनि सेमिफाइनल प्रवेश गरेको छ ।
खेलमा हेल्प नेपालले बुढानिलकण्ठलाई २५–१३, २५–२३, २५–१८ ले पराजित गरेको हो ।












