रमेश लेखकमाथि लगाइएको स्थान हद फुकुवा
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री रमेश लेखकमाथि लगाइएको स्थान हद फुकुवा गरिएको छ।
भदौ २३–२४ गतेको जनजी आन्दोलनका क्रममा गृहमन्त्री रहेका लेखकमाथि सरकारले गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगले असोज १२ गते स्थान हद लगाउने निर्णय गरेको थियो। तर बुधबार लेखकले पुरक बयान दिएपछि आयोगले निर्णय फिर्ता लिएको हो। बिहीबार गृहमन्त्रालयमार्फत यसबारे जानकारी समेत गराइएको छ।














