सत्ताधारीहरूले देखाएको दम्भको कारण अपूरणीय क्षतिः माधब नेपाल

User Image Prime TV News २ हप्ता अगाडि
Image of सत्ताधारीहरूले देखाएको दम्भको कारण अपूरणीय क्षतिः माधब नेपाल

काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जेनजी आन्दोलनका जायज मागहरूलाई समयमा सम्बोधन नगरी तत्कालीन सत्ताधारीहरूले देखाएको दम्भको कारणले अहिलेको राजनीतिक अवस्था आएको बताउनुभएको छ। उहाँले उक्त आन्दोलनका कारण मुलुकले अपूरणीय क्षति भोगेको र युवापुस्ताको आक्रोशलाई स्वीकार गर्नुपर्ने बताएका छन्।

आज जारी गरेको एक वक्तव्यमा उनले जेनजी आन्दोलनका मागहरूको समर्थन र ऐक्यबद्धता पार्टीले प्रारम्भदेखि नै प्रकट गरेको स्मरण गराएका छन् । उनले जायज मागहरूलाई समयमा सम्बोधन नगरी, सत्ताधारीहरूले देखाएको अहंकार र दम्भको परिणामस्वरूप दर्जनौँ होनहार युवाहरूले शाहदत प्राप्त गर्नुपर्‍यो र मुलुकले अकल्पनीय क्षति भएको वताए । 

"युवा पुस्ताको अगुवाइमा भएको आन्दोलन लोकतान्त्रिक गणतन्त्र स्थापना पछि पनि जनताको चाहना र भावना अनुरूप पारदर्शी र जनउत्तरदायी शासन प्रणाली कायम गर्न नसक्दा जनतामा उत्पन्न निराशा र आक्रोशको परिणाम हो" विज्ञप्तीमा भनेका छन् । 

उहाँले युवा पुस्ताले उठाएका एजेन्डाहरूको सम्बोधन गर्दै मुलुकलाई अग्रगामी र समृद्ध मार्गमा लैजानको लागि अन्तरिम सरकार गठन गरिएको र निर्वाचनको मिति घोषणा भएको अबस्थामा सबै राजनीतिक दल, नागरिक समाज, राज्य र निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको पनि उल्लेख गरेका छन्ग ।

यस्तै नेपालमा जेनजी आन्दोलनका कारण उत्पन्न भएको आक्रोश र निराशा, साथै त्यसका समाधानका लागि राजनीतिक सहकार्यको महत्त्वलाई समेत जोड दिएको छ।