नेपाली कांग्रेसमा विशेष महाधिवेशन विवाद, महामन्त्रीद्वय र सभापतिपक्ष भिडन्तमा

User Image Prime TV News १ हप्ता अगाडि
Image of नेपाली कांग्रेसमा विशेष महाधिवेशन विवाद, महामन्त्रीद्वय र सभापतिपक्ष भिडन्तमा

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीमा विशेष महाधिवेशन आयोजना गर्ने तयारी गरेको गरेका छन् । उनीहरूले पुस २७ र २८ का लागि भृकुटीमण्डपको हल बुक गरिसकेका छन् र संयुक्त विज्ञप्तिमार्फत महाधिवेशन आह्वानको तयारी गरिरहेको बताएका छन्।

तर, सभापति शेरबहादुर देउवा पक्षले महामन्त्रीहरूको कदमलाई असान्दर्भिक ठहराएको छ। प्रमुख प्रवक्ता डा. प्रकाशशरण महतले भने, “उहाँहरू जिम्मेवारीमा हुनुहुन्छ। आफूलाई दिएको जिम्मेवारी पूरा गर्न नसक्ने अनि विशेष महाधिवेशन माग्ने कुरा त मिल्दैन। पार्टीले नियमित महाधिवेशनको कार्यतालिका ल्याइसकेको अवस्थामा विशेष महाधिवेशन हुँदैन।”

उनले भने, “विशेष महाधिवेशनको बाटोमा महामन्त्रीहरूले अघि बढ्दा पार्टी विभाजनतिर गएको हो कि?” भन्नेमा डा. महतले स्पष्ट पारे, “हामी विभाजनको पक्षमा छैनौँ। महामन्त्रीहरूले के चाहनुभएको हो, उहाँहरूले नै भन्नु होला।”

उनले थपे, “हामी पार्टीलाई एकताबद्ध बनाएर चुनावपछि महाधिवेशन गर्ने पक्षमा छौँ। चुनावअघि महाधिवेशनमा जाँदा पार्टीलाई क्षति पुग्न सक्छ। एकताबद्ध पार्टी बनाएर चुनावमा जानुपर्छ।”

यस विवादले नेपाली कांग्रेसभित्र महामन्त्री र सभापति पक्षबीच समय र प्रक्रियामा मतभेद भएको देखाउँछ। यसै बिच शेरबहादुर देउवाले महामन्त्रीद्धय संग आज गर्ने भनिएको छलफल पनि स्थिगत गरिएको छ । 

 नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई महामन्त्री र कार्यवाहक सभापतिसहित बिहीबार ५ बजेका लागि डाकेको बैठक स्थगित गरेका छन् । स्रोतले दिएको जानकारीअनुसार उनको सचिवालयबाट बैठकका लागि बोलाइएको थियो भने मुख्यसचिवबाट स्थगित गराइएको जानकारी दिइएको थियो । सभापति देउवाले व्यस्तताको कारण देखाउँदै बैठक स्थगित गरेका हुन् ।