सरकारले अनशनरत डा. निकोलस भुसालसँग वार्ता गर्न समिति गठन
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । सरकारले १० दिनदेखि विभिन्न माग राख्दै अनशन बसेका डा. निकोलस भुसालसँग वार्ता गर्न समिति गठन गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार वार्ता समिति प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनालको संयोजकत्वमा गठन गरिएको हो। समितिमा तीन सदस्य रहेका छन् ।
जसमा प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा. भीष्मकुमार भूसाल र जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेल रहेका छन् ।
डा. भुसालले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा, प्रदेश खारेजी लगायतका माग राख्दै माइतीघरमा अनशन बसेका थिए। बुधबार उनका स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो। हाल उनको उपचार जारी छ।












