स्विस क्रान्स मोन्टानास्थित बारमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु

User Image Prime TV News १ हप्ता अगाडि
Image of स्विस क्रान्स मोन्टानास्थित बारमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु

काठमाडौ । नयाँ वर्षको पूर्वसन्ध्यामा स्विस क्रान्स मोन्टानास्थित ‘ले कन्स्टेलेसन’ नामक बारमा आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ ।

आगलागीमा १ सय जना घाइते भएका छन्। स्विस अधिकारीहरूका अनुसार घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर छ। वालिस क्यान्टनका प्रहरी प्रवक्ता गेटान लाथिओनले बताए अनुसार, आगलागी बिहान १:३० बजे सुरु भएको थियो।

घटनास्थलमा नयाँ वर्षको उत्सव मनाउन ठूलो संख्यामा मानिसहरू जम्मा भएका थिए। सुरक्षा प्रमुख स्टेफाने गान्जरका अनुसार कतिपय पीडितहरू विदेशी नागरिक थिए। घटनास्थलमा प्रहरी, अग्नि नियन्त्रक र उद्धारकर्मीहरूको ठूलो टोली तुरुन्त पुगेको थियो र धेरैलाई उद्धार गरिएको छ।

स्विस मिडियामा प्रकाशित तस्बिरमा आगो लागेको भवन र मानिसहरू भाग्दै गरेको दृश्य देखाइएको छ। प्रहरीले आगलागीको कारण पत्ता लगाउन छानबिन सुरु गरेको छ।