बागमती प्रदेशसभाका सभामुखले दिए राजीनामा

User Image Prime TV News २ हप्ता अगाडि
Image of बागमती प्रदेशसभाका सभामुखले दिए राजीनामा

काठमाडौ । बागमती प्रदेशसभाका सभामुख भवनकुमार पाठकले राजीनामा दिएका छन् । जेनजी आन्दोलनको चर्काइपछि गत २४ भदौमा सामाजिक सञ्जालमार्फत उनले सभामुख पदबाट राजीनामा दिने घोषणा गरेका थिए। उनले आज उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा पत्र बुझाएका हुन् । 

पाठकले आफ्नो पत्रमा नेपालका संविधान र प्रदेशसभा नियमावली २०७४ को आधारमा सभामुख पदबाट राजीनामा गरेको जानकारी दिएका छन्। उनले राष्ट्रको हित र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहनु अनुचित लागेको जनाएका छन् ।

गत २४ भदौमा राप्रपाबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरूले सामूहिक राजीनामा दिएपछि पाठकले पनि सभामुख पदबाट राजीनामा दिने निर्णय गरेका थिए।