सुन–चाँदीको मूल्य फेरि बढ्यो, सुन प्रतितोला दुई लाख ६२ हजार नाघ्यो

User Image Prime TV News २ महिना अगाडि
Image of सुन–चाँदीको मूल्य फेरि बढ्यो, सुन प्रतितोला दुई लाख ६२ हजार नाघ्यो

काठमाडौ । नेपाली सुनचाँदी बजारमा शुक्रबार सुन तथा चाँदी दुवैको मूल्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा उल्लेख्य बढोत्तरी देखिएको हो। महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार छापावाल सुन प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेर दुई लाख ६२ हजार ५ सय रुपैयाँ पुगेको छ।

यसअघिको कारोबार दिन सुन प्रतितोला दुई लाख ५९ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो। चाँदीको मूल्य पनि उकालो लागेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको तुलनामा १ सय १० रुपैयाँले बढी हो।

अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य उतारचढाव र स्थानीय मागका कारण सुन–चाँदीको मूल्यमा दैनिक परिवर्तन भइरहेको व्यवसायीहरूको भनाइ छ।