पाकिस्तानमा र बंगलादेशमा जस्तो प्रतिशोध राजनीतिमा प्रवेश गर्न थाल्योः नेता बास्कोटा

User Image Prime TV News १ हप्ता अगाडि
Image of पाकिस्तानमा र बंगलादेशमा जस्तो प्रतिशोध राजनीतिमा प्रवेश गर्न थाल्योः नेता बास्कोटा

काठमाडौ । नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले नेपाली राजनीतिमा प्रतिशोधी सोच विस्तार हुँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन्। उनले दक्षिण एसियाका केही मुलुकमा देखिएको राजनीतिक अभ्यासको असर नेपालमा पनि देखिन थालेको दाबी गरेका हुन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै बास्कोटाले पाकिस्तानमा लामो समयदेखि र बंगलादेशमा पछिल्लो समय देखिएको प्रतिशोधी राजनीति नेपाली सन्दर्भमा समेत देखिन थालेको बताए। उनका अनुसार सत्ता केन्द्रित राजनीति हाबी हुँदा राजनीतिको सैद्धान्तिक आधार कमजोर बन्दै गएको छ।

राजनीतिक शक्ति जोगाउने नाममा बढ्दै गएको प्रतिशोधी प्रवृत्तिले समाजमा घृणा र असहिष्णुता फैलाउन सक्ने जोखिम रहेको उनले औंल्याएका छन्। यस्तो अवस्थाले राजनीतिक प्रतिस्पर्धालाई स्वस्थ दिशाभन्दा टकरावतर्फ धकेल्न सक्ने उनको भनाइ छ।

बास्कोटाले राजनीतिक नेतृत्व र दलहरूलाई संयम र जिम्मेवारीका साथ अघि बढ्न आग्रह गर्दै प्रतिशोधको राजनीतिले हिंसात्मक रूप लिन नदिन सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिएका छन्।