एमाले अध्यक्ष ओलीद्वारा निर्वाचनका लागि पार्टीलाई पूर्ण तयारीको निर्देशन

User Image Prime TV News १ हप्ता अगाडि
Image of एमाले अध्यक्ष ओलीद्वारा निर्वाचनका लागि पार्टीलाई पूर्ण तयारीको निर्देशन

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनका लागि पार्टीका सबै तहलाई पूर्ण तयारीमा रहन निर्देशन दिएका छन्। उनले निर्वाचनमा पार्टीले आफ्नो सामर्थ्य नतिजा निकाल्ने दिशामा प्रयोग गर्नुपर्ने बताए।

अध्यक्ष ओलीले निर्वाचन शान्तिपूर्ण र स्वच्छ वातावरणमा हुनुपर्नेमा जोड दिनुका साथै एमालेले निर्वाचनमा सक्रिय सहभागिता जनाउने र विजयी हुने विश्वास व्यक्त गरे। उनले भने, “जनअभिमत स्वतन्त्र रूपमा प्रकट हुनुपर्छ, त्यसैमा लोकतन्त्र बलियो हुन्छ।”

ओलीले देशमा हालको संकट समाधानको लागि विघटन भएको प्रतिनिधि सभाको पुनर्स्थापना आवश्यक भएको बताएका छन्। उनका अनुसार संसद पुनर्स्थापना भएपछि संसद्मार्फत समाधान खोज्ने प्रयास अघि बढ्नुपर्छ।

उनले वर्तमान सरकारले असंवैधानिक रूपमा संसद् विघटन गरेको र यसले लोकतान्त्रिक प्रणालीमाथि प्रहार गरेको प्रष्ट पारे। ओलीले निर्वाचनको नाममा अशान्ति, बुथ कब्जा र दुरुपयोग हुनसक्ने खतरा औँल्याए र चेतावनी दिए कि यस्तो भए निर्वाचन लोकतन्त्र कमजोर बनाउने नाटकमै सीमित हुनेछ।

साथै, उनले सर्वोच्च अदालतले संसद् विघटनसम्बन्धी मुद्दामा समयमै फैसला दिनुपर्ने जोड दिएका छन्।